बाँकेमा थप ८ जनामा कोरोना भाइरस

    • स्वास्थ्य पेज

  • २६ जेष्ठ २०७७, सोमबार
बाँकेमा थप ८ जनामा कोरोना भाइरस

नेपालगन्ज २६, जेष्ठ ।
बाँकेमा थप आठ जनामा कोरोना देखिएको छ। भेरी अस्पताल, नेपालगञ्जले दोस्रो पटक साँझ संक्रमितको संख्या सार्वजनिक गर्दा बाँकेमा आठ जना थपिएका हुन्।

यसअघि दिउँसो सार्वजनिक गर्दा एकजना परेका थिए। थपिएका आठ जनामध्ये तीन जना नेपालगञ्ज र पाँच जना खजुराका छन्।नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ४ मा ४९ वर्ष, १३ नम्बरमा २४ र २० नम्बरमा ३२ वर्षका पुरुषमा कोरोना देखिएको हो । खजुराको वडा नं २ की २३ वर्षीया महिला, वडा नं ३ को ४३ वर्षीय पुरुष, वडा नं ४ का ३५ वर्षीया महिला र ३६ वर्षीय पुरुष र वडा नं ५ का एकजनामा कोरोना देखिएको छ।

बाँकेमा योसहित कोरोना संक्रमितको संख्या २ सय ७९ जना पुगेका छन्। बर्दियाका एकजनामा पनि कोरोना पुष्टि भएको छ। मधुवनका एकजना १८ वर्षीय किशोरमा कोरोना देखिएको हो।यसअघि भेरीले एक बजे सार्वजनिक गरेको विवरणमा बाँकेका एक र बर्दियाका १८ जनामा कोरोना देखिएको थियो।

  • २६ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech