अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप बाध्यकारी नहुने

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७७, शनिबार

 

काठमाडौं २०, मंसिर ।

अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने भएको छ ।

नागरिकले आफ्नो इच्छा र चाहानाका आधारमा खोप लगाउने नलगाउने निर्णय गर्न अधिकार हुने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बताएका छन् । डिसेम्बर मध्यसम्म अमेरिकाले कोरोना भाइरस विरुद्धको खोपलाइस्वीकृति प्रदान गर्ने सम्भावना छ।

खोप उपलब्ध भएपछि नागरिकले व्यक्तिगत इच्छाका आधारमा निर्णय लिन सक्छन्, उनले भनेका छन्।  राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउन आफुले सकेसम्म सबैलाई जागरुक गराउने बताएका छन् ।

गृहराज्य डेलवरको विलमिङ्गटनमा उनले सो कुरा बताएका हुन् । हालै अमेरिकामा भएको एक अध्ययनले ६० प्रतिशत अमेरिकीहरु मात्र खोप लगाउन तयार रहेको बताएको छ ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech