बरिष्ठ मुटुरोग विशेषज्ञ डा. झा र इशान अस्पतालका अध्यक्ष डा.थापाको निधन

    • स्वास्थ्य पेज

  • १ मंसिर २०७७, सोमबार

तस्विरः फाइल

 

काठमाडौं १, मंसिर ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा.सुनिल झाको निधन भएको छ। कोरोना भाइरस संक्रमणका कारण चिकित्साशास्त्र अध्ययान संस्थान आइओएमका प्राध्यापक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ डा.झाको निधन भएको हो।

महाराजगन्ज टिचिङ अस्पतालमा कोरोनासँग लडिरहनुभएका डा. झाको सोमबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । डा.झा मधुमेह र पार्किन्सन्स रोगका बिरामी रहेको बुझिएको छ ।

रेमडिसिभिर, प्लाज्माथेरापी लगायतका उपचार विधिबाट पनि स्वास्थ्यमा सुधार नआउदा उहाँको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । यस्तै नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा.नारायण बहादुर थापाको समेत कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

डा.थापाको आइतबार राती मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले जनाएको छ ।बिरामीको उपचारकै क्रममा संक्रमित भई उपचारका क्रममा उहाँहरुको निधन भएको भन्दै केन्द्रले एक विज्ञप्ती प्रकाशन गरी दुख व्यक्त गरेको छ ।

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech