नेपालमा कुल कोरोना संक्रमित २ लाख नाघ्यो, आज २५६९ जना थपिए

    • स्वास्थ्य पेज

  • २६ कार्तिक २०७७, बुधबार

काठमाडौं २६, कात्तिक ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन्। आज देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११७४ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech