३७ जना डिस्चार्ज,२९५ जना विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गर्दै

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०७७, मंगलवार

तस्बिर :फाईल

 

नेपालगन्ज २५, कात्तिक ।

बाँकेका विभिन्न आइसोलेसन (संस्थागत तथा होम आइसोलेसन) बाट मंगलबार थप ३७ जना डिस्चार्ज भएका छन् ।

कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेट भएका १४ महिला र २३ पुरुष गरि ३७ जना आज मंगलबार डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा संक्रमण मुक्त भई डिस्चार्ज हुनेहरुको कुल संख्या ३ हजार १२९ पुगेको छ । जिल्लाका २७२ जना २३ जना जिल्ला बाहिरका गरि २९५ जना विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेको श्रेष्ठले बताउनुभयो ।

अहिलेसम्म बाँकेका ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । त्यस्तै उपचारका लागि अन्य जिल्लाबाट बाँकेमा आई मृत्यु भएकाहरुको संख्या ३२ पुगेको छ ।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech