वीर अस्पताल इमर्जेन्सी विभागका १६ चिकित्सकहरुले दिए सामूहिक राजीनामा

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०७७, बुधबार

काठमाडौं १९, कात्तिक ।

वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन् । इमर्जेन्सी विभागमा कार्यरत मेडिकल अधिकृतहरुको समस्यालाई अस्पताल प्रशासनले वेवास्ता गरेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् ।

कोभिड–१९ को महामारीका बीचमा काममा खटिँदा ज्यालादारी भनेर दशैंतिहार भक्ता नदिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको, हप्तामा ९६ घन्टा काममा खटिनुपर्ने जस्ता मनोबल गिर्ने काम भएको हुँदा सामूहिक राजीनामा दिइएको मेडिकल अधिकृत डा एलोना श्रेष्ठले जानकारी दिनुभयो ।

वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीले उनीहरूसँग छलफल भैरहेको र काम कसैले पनि नछोडेको दावी गर्नुभएको छ । ‘करारमा कार्यरत कर्मचारीलाई दशैं भत्ता दिने व्यवस्था नभएको हुँदा उहाँहरुलाई बुझाएर पठाइएको छ,’ उहाँले भन्नुभयो, ‘सबैजना चिकित्सक काममा फर्किनुभएको छ ।’

कोभिडका कारण केही चिकित्सकहरुको तलब समयमा पठाउन नपाएको र अहिले पठाउने प्रकृया सुरु भएको समेत उहाँले बताउनुभयो ।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech