डा. केसीको १८ औं अनसन दार्चुलामा

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०७७, मंगलवार
डा. केसीको १८ औं अनसन दार्चुलामा

दार्चुला २० जेष्ठ ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले विभिन्न माग राखेर दुई दिने सत्याग्रह दार्चुलामा सुरु गर्नु भएको छ ।  महाकाली नगरपालिका ५ स्थित जगन्नाथ मन्दिर गल्फैमा पत्रकार सम्मेलनको आयोजना गरि सत्याग्रह सुरु गर्नु भएको हो ।

आफ्नो १८औं अनसनका क्रममा उहाँले तीन बुँदे माग अघि सार्नु भएको छ। सीमाका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि डाक्टर केसीले सत्याग्रह सुरु गरेको बताउनु भएको छ ।

यस्ता छन् मागहरुः
१) दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्।
२) भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरियोस्।
३) गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस्। हामीसित यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस्।

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech