सुर्खेतमा तीन महिनामा एकसयबढी डेंगुका विरामी

    • स्वास्थ्य पेज

  • १४ कार्तिक २०७७, शुक्रबार

सुर्खेत १४, कात्तिक ।
डेंगु भाइरलको प्रकोप पहाडी जिल्लाहरुमा पनि देखा पर्न थालेको छ । प्रायः तराईका जिल्लामाहुने डेंगुको संक्रमण पछिल्लो समय कर्णालीका पहाडी जिल्लामा पनि बढ्दै गएको दिखएको हो।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु भाइरलबाट सुर्खेतमा साउन महिना यतामात्र १०२ जना संक्रमित भेटिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका १०२ जना डेंगु संक्रमितमध्ये वीेरेन्द्रनगर नगरपालिकामा मात्रै ९० जना रहेका छन् । यसको प्रकोप ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी रहेकोे छ ।

कोरोना र डेंगुका लक्षण केही मिल्ने भएकाले पनि कोरोना जाँच गर्ने बिरामीलाई डेंगु पनि जाँच गराउन सल्लाह दिने गरिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका माहामारी रोग फोकल पर्सन उदय बहादुर बिसीले बताउनुभयो ।

अघिल्लो वर्ष सुर्खेतका १३३ जनालाई डेंगु को संक्रमण भएको थियो ।

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech