नेपालगन्जः भेरी अस्पतालको ओपीडी सेवा आज बन्द भएको छ ।
सरकारले शनिवार र आइतवार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै भेरी अस्पतालको ओपीडी सेवा पनि आज वन्द हुने भएको अस्पताल प्रशासनले जनाएको छ ।
तर आकास्मिक सेवा, आकास्मिक शल्यक्रिया, प्रसूति तथा अन्तरसंग सेवा भने चौविसैं घण्टा पूर्ववतः रुपमा संचालन भइरहेको अस्पतालले जनाएको छ ।
शल्यक्रिया लगायतका पूर्वनिर्धारित सेवाहरु आवश्यकताका आधारमा व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ ।







