अस्पतालको उपचार प्रक्रिया सम्वन्धी भ्रम नफैलाउन प्रदेश अस्पताल सुर्खेतको आग्रह

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०८३, आईतवार

नेपालगन्जः प्रदेश अस्पताल सुर्खेतले एक जना सुत्केरी महिलाको मृत्युको विषयलाई लिएर अस्पतालको उपचार प्रक्रिया सम्वन्धी भ्रम नफैलाउन सवैलाई आग्रह गरेको छ । अस्पतालले विज्ञप्ति निकालेर अस्पतालसँग सम्वन्धी अप्रमाणित सूचना नफैलाउन आग्रह गरेको हो ।

कालीकोट नरहरिनाथ गाउँपालिका–३ निवासी २७ वर्षीया भावना बिष्टको उपचारका क्रममा बैशाख ४ गते काठमाडौंमा निधन भएको थियो । भावनाको प्रदेश अस्पतालमा शल्यक्रियापछि स्वास्थ्यमा सुधार नआएपछि परिवारकै सल्लाह अनुसार हेलिकप्टरमार्फत काठमाडौं पठाइएको अस्पतालले जनाएको छ ।

अस्पतालले उनको मृत्युको कारण Multi Organ Dysfunction भनेको छ । शरीरका एकभन्दा बढी अङ्ग (जस्तै मुटु, मिर्गौला, फोक्सो) एकै समयमा राम्रोसँग काम गर्न नसक्ने अवस्था Multi Organ Dysfunction हो।

यस्तो छ अस्पतालको विज्ञप्ति

  • ६ बैशाख २०८३, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech