काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रति समवेदना प्रकट गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पिताप्रति श्रद्धाञ्जली दिँदै उनले पिताको अनुपस्थितिले जीवनमा कति ठूलो रित्तोपन र अपूरणीय अभाव ल्याउँछ भन्ने आफूले पनि महसुस गरेको बताएका छन् ।
उनले लेखेका छन्, “पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन । पात्र एक, भूमिका अनेक।” केही समयअघि आफ्ना बुबाको पनि निधन भएको स्मरण गर्दै उनले पिताको अभावको पीडा आफूले पनि नजिकबाट अनुभव गरेको उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको आज काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
समाजिक सञ्जाल मार्फत ओलीलाई बालेनको समवेदना









