सेवाहरु थपिएसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो

    • स्वास्थ्य पेज

  • २७ फाल्गुन २०८२, बुधबार

घोराहीः दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा लिने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। प्रतिष्ठानका अनुसार पछिल्लो सातादेखि दैनिक एक हजार हाराहारीमा बिरामीले स्वास्थ्य सेवा लिइरहेका छन्।

पछिल्लो समय न्युरो, युरो र मुटुरोगलगायत विभिन्न क्षेत्रमा विशेषज्ञ चिकित्सक थपिँदै गएकाले सेवा लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको प्रतिष्ठानका उपकुलपति तथा रजिस्ट्रार प्रा.श्याम लम्सालले बताए ।

अहिले दिनप्रतिदिन सेवा लिने बिरामीको सङ्ख्या वृद्धि भइरहेको उनले जानकारी दिए । प्रतिष्ठानमा न्युरो, युरो तथा मुटुरोगका विशेषज्ञसहित अन्य विभागमा पनि क्रमशः विशेषज्ञ चिकित्सक थपिँदै जाँदा सेवाग्राहीको आकर्षण बढेको उनले बताए ।

यसैबिच प्रतिष्ठानले औंषधि परामर्श कक्ष सञ्चालनमा ल्याएको छ। बिरामीलाई औंषधिबारे आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको उपकुलपति लम्सालले जानकारी दिए।

  • २७ फाल्गुन २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech