नेपालगन्जः भेरी अस्पतालले सेवा करारमा कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको भेरी अस्पतालले आज सूचना प्रकाशित गर्दै विभिन्न विशेषज्ञ तथा स्वास्थ्यकर्मी पदमा जनशक्ति पूर्तिका लागि योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो ।
अस्पतालका अनुसार विभिन्न विभागमा अत्यावश्यक विशेषज्ञ सेवाको आवश्यकता भएकाले सेवा करारमार्फत कर्मचारी भर्ना प्रक्रिया सुरु गरिएको हो । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सकिने अस्पतालले जनाएको छ ।
सूचनाअनुसार अधिकृत नवौँ तहका विभिन्न कन्सल्टेन्ट पद, मेडिकल अधिकृत तथा स्टाफ नर्स गरी विभिन्न पदमा जनशक्ति माग गरिएको छ ।
यस्तो छ सूचना







