नेपालगन्जः पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफूले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम धराशायी बनाइएको बताएका छन् ।
नेपालगन्जमा बिहीबार आयोजित नेपाली काँग्रेस बाँकेको वृहत् चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका पार्टी सभापति तथा पूर्व स्वास्थ्यमन्त्री थापाले आफू स्वास्थ्यमन्त्री हुँदा सुरु गरेको बीमा कार्यक्रमलाई धराशायी बनाइएको बताए ।
साथै, धराशायी बनाइएको उक्त बीमा कार्यक्रमलाई फेरि उठाउने उद्घोष पनि गरे । उनले भने–‘मैले सुरु गरेको बीमा कार्यक्रमलाई धराशायी बनाइएको छ, फेरि उठाउँछु ।’
थापाले बिरामी भएर अस्पतालको बेडमा सुत्दा खल्तीबाट एक रुपैयाँ पनि तिर्न नपर्ने अवस्थामा नेपाललाई पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले यही संकल्प गर्न आफु आएको बताए ।
उनले भने–‘बिरामी भएर अस्पतालमा उपचारका लागि सुत्दा एक रुपैयाँ पनि खल्तीबाट तिर्न नपर्ने अवस्था अबको पाँच वर्षभित्र नेपालमा ल्याउँछौं । यो संकल्प गर्न आएको हुँ ।’







