भेरी अस्पतालः चुनावी एजेण्डा, व्यवहारमा बेवास्ता

अस्पतालका चिकित्सकहरु भन्छन्–‘आफ्ना मान्छे, कार्यकर्ता बिरामी हुँदा बेड वा अपरेशनको पालो मिलाइदिन दबाब आउनु बाहेक नेताहरुले भेरी अस्पतालको श्रीवृद्धिका लागि यो गरौं भनेर कहिल्यैं भन्नु हुदैन ।’


    • स्वास्थ्य पेज

  • ७ फाल्गुन २०८२, बिहीबार

नेपालगन्जः पश्चिम नेपालको सबैभन्दा पुरानो र उपचारका लागि विश्वासको विरासत बोकेको अस्पताल हो भेरी । काठमाडौंको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल जुन ढंगले विकास भएको हुनुपथ्र्यो त्यो हुन सकेन् । राज्य संचालकको नजर, भौगोलिक दूरी, स्थानीय राजनीतिक दलको इच्छाशक्ति यी सबैबाट भेरी अस्पताल सधैं दूर बनिरह्यो ।

उसो त यो अस्पताल रहेको निर्वाचन क्षेत्र बाँके–२ ले प्रधानमन्त्री सुशील कोइराला नपाएको पनि होइन् । तर कोइरालाको कार्यकालमा पनि भेरी अस्पतालले अपेक्षित फड्को मार्न सकेन । पूर्वाधारका दृष्टिकोणले होस् वा उपकरण, जनशक्ति र सेवा विस्तारका दृष्टिकोणले नै किन नहोस् ।

यतिलामो विरासत बोकेको भेरी अस्पताल चुनावको बेलामा सधैं एजेण्डा बन्छ । तर निर्वाचन आउछ जान्छ । आगामी फागुन २१ गते हुने निर्वाचनमा पनि भेरी अस्पताल चुनावी एजेण्डा बनेको छ । सेवा विस्तार, भौतिक संरचना विकास, विशेषज्ञ उपचार र स्वास्थ्य शिक्षासम्मका विषयमा प्रतिबद्धता पत्र सार्वजनिक भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सूर्य चिन्हबाट उम्मेदवार बनेका मोहम्मद इस्तियाक राईले भेरी अस्पताललाई केन्द्रमा राख्दै न्यूरो र मुटुसम्बन्धी बिरामीका लागि विशेष सेवा व्यवस्था गर्ने, स्नातकोत्तर तहको चिकित्सा शिक्षा सञ्चालन गर्ने र स्थानीय विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने नीति बनाउने प्रतिबद्धता जनाएका छन्।

अस्पतालका चिकित्सकहरु भन्छन्–‘आफ्ना मान्छे, कार्यकर्ता बिरामी हुँदा बेड वा अपरेशनको पालो मिलाइदिन दबाब आउनु बाहेक नेताहरुले भेरी अस्पतालको श्रीवृद्धिका लागि यो गरौं भनेर कहिल्यैं भन्नु हुदैन ।’

साथै, यसअघि स्वीकृत कार्ययोजनाअनुसार रोकिएको काम अघि बढाउने, अत्याधुनिक मर्चरी चेम्बर सेवा सुदृढ गर्ने तथा संरचनागत सुधार गर्ने उल्लेख गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार विवेक श्रेष्ठले भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न संघीय पहल गर्ने वाचा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार दिपेन्द्र विष्टले अस्पताललाई सुपर स्पेसियालिटी केन्द्रमा रूपान्तरण गर्ने, मिर्गौला प्रत्यारोपण, क्यान्सर तथा मुटु उपचार सेवा भेरीमै उपलब्ध गराउने एजेण्डा अघि सारेका छन् । तर, स्थानीयवासी र स्वास्थ्यकर्मीहरुका अनुसार निर्वाचनपछि भने भेरी अस्पतालका समस्याप्रति राजनीतिक चासो नै देखिदैन ।

अस्पतालका चिकित्सकहरु भन्छन्–‘आफ्ना मान्छे, कार्यकर्ता बिरामी हुँदा बेड वा अपरेशनको पालो मिलाइदिन दबाब आउनु बाहेक नेताहरुले भेरी अस्पतालको श्रीवृद्धिका लागि यो गरौं भनेर कहिल्यैं भन्नु हुदैन ।’

जनशक्तिको अभाव, सीमित भौतिक संरचना, अत्याधुनिक उपकरणको कमी र सेवामा बढ्दो चापका कारण अस्पताल अझै पनि चुनौतीबीच सञ्चालन भइरहेको छ । ‘अस्पतालको समग्र विकासका लागि यहाँका राजनीतिक दलहरुले आन्दोलन गर्नु पर्ने होइन् ?’ अस्पतालका चिकित्सकहरुले भने ।

  • ७ फाल्गुन २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech