बीमा कार्यक्रममा देखिएका समस्यालाई समाधान गर्ने कार्कीको प्रतिबद्धता

    • स्वास्थ्य पेज

  • २१ माघ २०८२, बुधबार

काठमाडौंः प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएकी छन् । बुधबार सिंहदरबारमा स्वास्थ्य बीमामा देखिएको समस्याबारे सरोकारवाला निकायसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले विभिन्न विकल्पबाट भएपनि आर्थिक स्रोत जुटाइ स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

उनले वर्तमान सरकारको अवधि छाटो रहेकाले स्वास्थ्य लगायतका कतिपय क्षेत्रमा समयमा नै सुधार गर्न नसकेको बताइन् । सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेर नागरिकलाई सेवा दिन नसके त्यसको जवाफदेही सरकार नै हुने भन्दै प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीसँग छलफल गरेर स्रोत सुनिश्चितता गरिने धारणा राखिन् ।

बिना तयारी राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्दा नै धेरै कमी कमजोरीहरु देखिएको उनले बताइन् । प्रधानमन्त्री कार्कीले एकद्वार प्रणाली लागू गरेर स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिइन् ।

  • २१ माघ २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech