सल्यान : जुम्लाबाट बिरामी लिएर नेपालगन्जका लागि उडेको हेलिकप्टर सल्यानको कालीमाटी गाउँपालिका ७ घुइयाबारीमा अवतरण भएको छ ।
जुम्लाबाट हृदयघातका बिरामी लिएर सुर्खेत हुँदै आएको मुस्ताङ एयरको नाइनएनएएनओ कलसाइन भएको हेलिकप्टर शुक्रबार दिउँसो पाैने २ बजेतिर घुइयाबारीमा अवतरण भएको हो ।
नेपालगन्जमा मौसम खराबीका कारण अवतरण गर्न नसकेपछि घुइयाबारीमा अवतरण भएको कालीमाटी गाउँपालिका ७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए ।
नेपालगन्ज हुँदै हृदयघातका बिरामीलाई काठमाडौं लैजानुपर्नेमा घुइयाबारीमा अवतरण गरेपछि बिरामीलाई एम्बुलेन्स बोलाएर पठाउने तयारी भएको हेलिकप्टर पाइलटलाई उद्धृत गर्दै वडाध्यक्ष मित्रलाल रिजालले बताए।







