नेपाल चिकित्सक संघको स्थगित निर्वाचन कहिले हुन्छ ?

    • स्वास्थ्य पेज

  • १० माघ २०८२, शनिबार

नेपालगन्जः नेपाल चिकित्सक संघ (एनएमए)को स्थगित निर्वाचन प्रतिनिधि सभाको निर्वाचनपछि मात्र हुने भएको छ।

निर्वाचन आयोगले माघ ४ गते राती १२ बजेदेखि निर्वाचन आचार संहिता लागू भएको भन्दै संघको स्थगित निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि गर्न नमिल्ने जनाएको हो।

निर्वाचन आयोगले संघलाई लेखेको पत्रमा भनिएको छ, ‘आयोगको माघ ४ गतेको निर्णानुसार सोही दिनको राती १२ बजेदेखि निर्वाचन आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि निर्वाचन आचार संहिता, २०८२ लागू भइसकेको हुँदा ऐ.आचार संहिता लागू रहने अवधिभर निर्वाचन कार्यक्रम गर्न नमिल्ने भएकाले सोही बमोजिम कार्यक्रम स्थगित गर्नुहुन निर्णयानुसार अनुरोध छ।’

यसअघि संघले प्रतिनिधि सभाको निर्वाचन अघि आफ्नो निर्वाचन गर्न मिल्ने नमिल्न विषयमा आयोगसँग राय मागेको थियो। संघको पत्र माघ ६ गते मात्र प्राप्त भएको आयोगले जनाएको छ।

  • १० माघ २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech