नेपालगन्जमा राष्ट्रिय योग दिवस विविध कार्यक्रम सहित मनाइयो

    • समिरमान श्रेष्ठ

  • १ माघ २०८२, बिहीबार

नेपालगन्ज – “स्वस्थ समाज, समृद्ध नेपाल, विश्व शान्तिका लागि योग” भन्ने मूल नाराका साथ नेपालगन्ज उपमहानगरपालिकाको बागेश्वरी मन्दिर क्षेत्रमा एघारौँ राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाइएको छ ।

प्रत्येक वर्ष माघ १ गते मनाइने राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जली योग समिति बाँकेद्वारा आयोजित कार्यक्रम पतञ्जली योग समिति बाँकेका अध्यक्ष हरपाल सिंहको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरु

कार्यक्रममा पतञ्जली योग समिति लुम्बिनी प्रदेशका प्रभारी दुर्गा प्रसाद चौधरी, पतञ्जली युवा समिति बाँकेका इन्चार्ज इच्छाराम यादव, पतञ्जली महिला योग समिति बाँकेकी उपाध्यक्ष गोमा भट्टराई, पतञ्जली योग समिति बाँकेका वरिष्ठ उपाध्यक्ष पुष्कर आचार्यलगायतले योगले शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा पुर्‍याउने योगदानबारे धारणा व्यक्त गरेका थिए  ।

त्यस अवसरमा नेपालगन्ज उपमहानगरपालिका शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र आयुर्वेद शाखाका प्रमुख डा. शिवराज सुवेदीले आयुर्वेद र योगमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सकिने बताए । उनले आयुर्वेदमा उल्लेख आहार – विहार, दिनचर्या, रात्रीचर्या, ऋतुचर्या तथा नसर्ने रोगको व्यवस्थापनमा उपचारात्मक योगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

पतञ्जली योग समिति बाँकेका सचिव लक्ष्मण बहादुर कार्कीका अनुसार नेपालगन्जसहित जिल्लाका आठवटै स्थानीय तहमा सूर्य नमस्कार, योगासन, ध्यान र प्राणायामलगायत कार्यक्रम गरी सप्ताहव्यापी रूपमा राष्ट्रिय योग दिवस मनाइनेछ । कार्यक्रमको सञ्चालन पतञ्जली योग समिति बाँकेका महासचिव वीरबहादुर हमालले गरेका थिए ।

  • १ माघ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech