भोलि वैकुण्ठधाम सिधनियाघाट निर्माणको सुभारम्भ

    • स्वास्थ्य पेज

  • ३० पुष २०८२, बुधबार

नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिकास्थित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सुभारम्भ हुने भएको छ । धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको प्रतीकका रुपमा विकास गर्ने गरी भोलि विहान ९ बजे वैकुण्ठधाम निर्माणको सुभारम्भ गरिन लागिएको अध्यक्ष डा।सुरेश कुमार कनोडियाले जानकारी दिए । उनले भने अब व्यवस्थित संरचनासहित वैकुण्ठधाम निर्माण हुनेछ ।

विशेषगरी पितृकार्य, श्राद्ध, तर्पण, दाहसंस्कार तथा धार्मिक अनुष्ठानका लागि सिधनियाघाट प्रयोग हुँदै आएको थियो । अव यसलाई व्यवस्थित, मर्यादित र आधुनिक संरचनासहित विकास गर्न लागिएको हो । लामो समयदेखि पूर्वाधारको अभावका कारण मृत्यु संस्कारमा कठिनाइ झेल्दै आएकाहरुले यसको निर्माण प्रारम्भ हुने खवरपछि सहजताको अनुभूति व्यक्त गरेका छन् ।

अध्यक्ष डा.कनोडियाले वैकुण्ठधाम केवल दाहसंस्कार स्थल मात्र नभई ‘जीवन, मृत्यु र मोक्षको दर्शन दिने आध्यात्मिक केन्द्र’ हुने उल्लेख गरे। उनले भने-‘यो स्थल हाम्रो संस्कृति, संस्कार र सनातन परम्परासँग जोडिएको छ। यसको संरक्षण र विकास हाम्रो सामूहिक दायित्व हो। सबैको सहयोग र सद्भावबाट यो परियोजना सफलतापूर्वक सम्पन्न हुनेछ भन्नेमा म विश्वस्त छु।’

उनले निर्माण कार्य पारदर्शी, गुणस्तरीय र समयमै सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। निर्माण शुभारम्भका खवरले स्थानीयबासी, समाजसेवी, बुद्धिजीवी, धार्मिक अगुवा, जनप्रतिनिधि तथा सर्वसाधारणले खुसी व्यक्त गरेका छन् ।

  • ३० पुष २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech