डा. संकेत कुमार रिसाल एचआइभी/एड्स सेवामा विशिष्ट योगदानका लागि सम्मानित

    • स्वास्थ्य पेज

  • २८ पुष २०८२, सोमबार

काठमाडौं: भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन तथा एच.आई.भी. फोकल पर्सन डा. संकेत कुमार रिसाललाई एचआइभी/एड्स रोकथाम, नियन्ञण, उपचार हेरचाह तथा स्याहार सेवा प्रभावमा विशिष्ट योगदान पुर्याएको भन्दै सम्मान प्रदान गरिएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले ललितपुरमा आयोजना गरेको २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रममा डा. रिसाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकाल र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले दोसल्ला र कदरपत्रसहित सम्मान गरेका थिए ।

डा. रिसालले पश्चिम नेपालमा लामो समयदेखि एचआइभी/एड्स रोकथाम, उपचार, हेरचाह र जनचेतना फैलाउने कार्य गर्दै आएका छन् । उनका प्रयासले बिरामीको स्वास्थ्य सेवा सुधार मात्र नभएर समाजमा सचेतना फैलाउन पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

  • २८ पुष २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech