नेपाल चिकित्सक संघको आसन्न निर्वाचन: डा.रावलको टिमले उम्मेदवारी दर्ता गर्‍यो

    • स्वास्थ्य पेज

  • २ पुष २०८२, बुधबार

नेपालगन्जः नेपाल चिकित्सक संघ (एनएमए)को आसन्न निर्वाचनका लागि डा.मंगल रावलको प्यानलले उम्मेदवारी दर्ता गरेको छ । डा.रावलको टिमको वरिष्ठ उपाध्यक्षमा डा.कीर्तिपाल सुवेदी उम्मेदवार भएका छन् । वरिष्ठ कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.सुवेदी भेरी अस्पताल नेपालगन्जमा कार्यरत छन् ।

यस्तै उपाध्यक्षमा कोशी प्रदेशबाट डा.टंक बाराकोटी, मधेशबाट डा.उदय सिंह, बागमतीबाट डा.अरुण शाही, गण्डकीबाट डा.यज्ञराज सिक्देल, लुम्विनी प्रदेशबाट डा.सन्तोष पोख्रेल, कर्णालीबाट डा.रविन खड्का र सुदूरपश्चिम प्रदेशबाट डा.रविन अर्याल उम्मेदवार भएका छन् । त्यसैगरी महासचिवमा डा.कालु सिंह खत्री, कोषाध्यक्षमा डा.चाँदनी जैयशवाल, सह-सचिवमा डा.राम जिवन प्रसाद र सह-कोषाध्यक्षमा शुभाष गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

सदस्यहरुमा डा.अमिता झा, डा.अरुण उप्रेती, डा निराजन तामांग, डा.जेवना अनसारी, डा.दिक्षा बोहोरा र डा.उल्पसा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल चिकित्सक संघ (एनएमए)को आगामी माघमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार माघ २ र ३ गते उपत्यका बाहिर र माघ १५, १६ र १७ गते उपत्यकाभित्र चुनाव हुने भएको छ ।

अध्यक्षका प्रत्यासी डा.रावलले एनएमएको गुमेको विश्वास फर्काउन, एनएमएलाई चिकित्सकहरुको आस्था र भरोसाको धरोहर बनाउन, नीतिगत सुधारका लागि सरकारसँग हस्तक्षेपकारी लविङ गर्नका निमित्त पनि आफु टिम सहित निर्वाचनमा होमिएको बताएका छन् ।

  • २ पुष २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech