प्रजातान्त्रिक समुहले एनएमए निर्वाचनमा डा. बद्री रिजाललाई अध्यक्षको उम्मेदवार बनायो

    • स्वास्थ्य पेज

  • १ पुष २०८२, मंगलवार

काठमाडौं: नेपाल चिकित्सक संघ (एनएमएम)को आगामी निर्वाचनका लागि काँग्रेस निकट प्रजातान्त्रिक समुहले डा. बद्री रिजालको अध्यक्षतामा टिम बनाउने टुंगो लगाएको छ ।

संघका हालका वरिष्ठ उपाध्यक्ष रहेका डा रिजालको नेतृत्वमा रहेको टिममा हालका महासचिव डा. सन्जिब तिवारी वरिष्ठ उपाध्यक्षमा र डा. विश्वराज दवाडीले महासचिवमा उम्मेदवारी दिने छन्। हालका महासचिव डा.  तिवारीले अध्यक्षमा अडान लिएपछि प्रजातान्त्रिक समुहलाई टिम टुंगो लगाउन कठिन भएको थियो।

यस्तै डा दवाडीले यसअघि अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। तर डा रिजाल र डा तिवारीको टिममा आफू महासचिवमा बस्ने भन्दै उनले महासचिवमा उम्मेदवारी दिने भएका हुन्।

डा रिजाल डा तिवारी र डा दवाडीको समिकरणमा बन्ने टिममा रहने अन्य पदका उम्मेदवारहरु लगभग तय भइसके पनि आज पुन: छलफल गरेर टिमको नाम सार्वजनिक गर्ने तयारी भएको छ ।

  • १ पुष २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech