एचसीआरसी अस्पतालका विशेषज्ञ चिकित्सकले दिए बारबर्दियामा निःशुल्क स्वास्थ्य सेवा

    • स्वास्थ्य पेज

  • २६ मंसिर २०८२, शुक्रबार

नेपालगन्जः बर्दियाको बारबर्दिया नगर अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ। नेपालगन्जस्थित एचसीआरसी अस्पताल र बारबर्दिया नगरपालिकाको संयुक्त समन्वयमा विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा ८० भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

अस्पतालकाबाँझोपन तथा निसन्तान विशेषज्ञ डा. मञ्जु बिसी शाह, छाला तथा यौन रोग विशेषज्ञ डा.आर.के. झा, नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.उपेन्द्र यादवले शिविरमा आएका बिरामीको स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा प्रदान गरेको एचसीआरसी अस्पतालका मार्केटिङ विभागका पवन मल्लले जानकारी दिए ।

बिरामीको स्वास्थ्य चेकजाँच गर्दै छाला रोग विशेषज्ञ आर के झा ।

कार्यक्रमको उद्घाटन बारबर्दिया नगरका नगर प्रमुख छबिलाल थारुले गरेका थिए । त्यसक्रममा नगर प्रमुख थारुले चिकित्सक टोलीलाई स्वागत गर्दै आफ्नो पालिकामा आएर स्थानीयलाई सेवा दिएको भन्दै धन्यवाद समेत ज्ञापन गरे ।

शिविरमा आएका बिरामी ।

कार्यक्रममा बारबर्दिया नगर अस्पतालका अध्यक्ष तिर्थ पौडेल, स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेल, तथा अस्पतालका मेसु डा.माधव पन्त लगायतकोको पनि उपस्थिति थियो। निःशुल्क स्वास्थ्य सेवा मार्फत स्थानीयवासीलाई आवश्यक परामर्श तथा उपचार सुविधा प्रदान गर्दै शिविर सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालका बिएन यशोदा चन्दले बताइन् ।

  • २६ मंसिर २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech