नेपालगन्जः फत्तेबाल आँखा अस्पताल नेपालगन्जका नेत्र सहायक हेमन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । कोहलपुर निवासी २४ वर्षीय श्रेष्ठ आफ्नै क्वाटरमा विहान साढे ९ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । उनी ओपीडी विभागमा डियुटी गर्दै आएका थिए ।
विहान डियुटीमा नआएपछि साथीहरुले खोज्नेक्रममा आफ्नै क्वाटरमा मृत अवस्थामा फेला परेको अस्पतालका निर्देशक डा.कौशल कुमार वर्माले जानकारी दिए । ढोका नखुलेपछि अस्पताल प्रशासनले प्रहरीलाई खवर गरेको थियो ।
त्यसपछि गएको प्रहरीको टोलीले ढोका फोडेर हेर्दा उनी पंखामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेमन्तका मामा राजेन्द्र श्रेष्ठले शवको पोष्टमार्टमपछि आजै अन्त्यष्टि गर्ने तयारी भइरहेको बताए ।







