आधारभूत स्वास्थ्य सेवाका लागि विशिष्टीकृत अस्पताल धाउने प्रवृत्तिले स्वास्थ्य प्रणालीमा अनावश्यक चाप बढ्योः स्वास्थ्य मन्त्री

    • स्वास्थ्य पेज

  • २५ मंसिर २०८२, बिहीबार

काठमाडौंः स्वास्थ्य मन्त्री डा सुधा शर्मा गौतमले आधारभूत स्वास्थ्य सेवाका लागि विशिष्टीकृत अस्पताल धाउने प्रवृत्तिले स्वास्थ्य प्रणालीमा अनावश्यक चाप सिर्जना भइरहेको बताएकी छन्। इन्टरनेशनल कन्फरेन्स अन हेल्थ इकोनोमिक्समा बोल्दै उनले स्थानीय तहबाट उपलब्ध हुनुपर्ने सेवाका लागि ठूला अस्पताल पुगेकाले औषधि नपाइने, स्वास्थ्यकर्मीमाथि दबाब बढ्ने र सेवा प्रभावित हुने अवस्था पैदा भएको उल्लेख गरिन्।

उनका अनुसार आधारभूत स्वास्थ्य सेवा विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार वैज्ञानिकरूपमा तयार परेको प्याकेजमार्फत देशभर उपलब्ध गराइँदै आएको छ। तर स्थानीय तहले जिम्मेवारीअनुसार सेवा विस्तार गर्न नसक्दा समस्या देखिएको मन्त्री गौतमको भनाइ छ।

उनले आयुर्वेद सेवा विस्तार, नसर्ने रोग नियन्त्रण, स्वास्थ्य बीमामा स्पष्टता ल्याउने, औषधि तथा ल्याब सेवा सुदृढ गर्ने र मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिइन्। साथै अन्य देशका बीमा संरचनाको अध्ययन गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने सरकारको तयारी रहेको उनले बताइन्।

  • २५ मंसिर २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech