राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पद पूर्ति गर्न आवेदन आह्वान

    • स्वास्थ्य पेज

  • २५ मंसिर २०८२, बिहीबार

नेपालगन्जः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पद पूर्ति गर्न आवेदन आह्वान गरिएको छ। प्रतिष्ठानको उपकुलपति सिफारिस समितिको सचिवालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै योग्य तथा इच्छुक व्यक्तिहरूलाई सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

प्रकाशित सूचनाअनुसार, उमेदवारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन–२०७४ तथा प्रतिष्ठान, विभिन्न निकाय र पदाधिकारीसम्बन्धी बैठक सञ्चालन, काम–कर्तव्य, अधिकार, पारिश्रमिक र सुविधासम्बन्धी नियमावली–२०७४ मा उल्लेखित योग्यता पूरा गर्नुपर्नेछ। आवेदनका लागि शैक्षिक योग्यतादेखि अनुभव र आवश्यक कागजातहरू बुझाउनुपर्ने उल्लेख छ।

गत २९ असोजमा तत्कालीन उपकुलपति डा. विकास लामिछानेले  राजीनामा दिएसँगै पद खाली भएको हो। प्रतिष्ठानले नेतृत्वमा निरन्तरता सुनिश्चित गर्न शीघ्र रूपमा उपकुलपति चयन प्रक्रिया अघि बढाएको जनाएको छ।

आवेदकहरूले आवश्यक विवरणसहित निर्धारित समयसीमाभित्र सचिवालयमा आवेदन बुझाउन सक्नेछन्।
rapti-vc-1765434441.jpg

  • २५ मंसिर २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech