नेपालगन्जः भेरी अस्पतालको क्याथ ल्याव र एमआरआइ सेवा पुनः नियमित भएको छ ।
मुसाले तार काटेपछि गएको शुक्रबारदेखि क्याथ ल्याव सेवा अवरुद्ध भएको थियो भने एमआरआइ सेवा पनि साता बढीदेखि अवरुद्धै अवस्थामा थियो ।
काठमाडौंबाट आएको इन्जिनियरको टिमले आवश्यक मर्मत गरेपछि सेवा नियमित भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले जानकारी दिए ।








