नेपालगन्जः भेरी अस्पतालको क्याथ ल्याब सेवा अवरुद्ध भएको छ । मुसाले तार काटेपछि शुक्रबारदेखि सेवा रोकिएको अस्पताल प्रशासनले जनाएको छ ।
मर्मतका लागि इन्जिनियरको टोली खटिएकाले केही दिनमै सेवा पुनः सञ्चालन हुने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीको भनाइ छ ।
“मुसाले तार काटिदिँदा क्याथ ल्याब सेवा अवरुद्ध भएको छ। यसबाट आम बिरामीलाई परेको असुविधाप्रति हामी क्षमा चाहन्छौँ,” डा सुवेदी भन्छन्-“मर्मतको काम भइसकेकाले सेवा सकेसम्म चाँडै सञ्चालन हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छौँ ।”
यसअघि मुसाले पुरानो सिटिक्यान मेसिनको समेत तार काटेर क्षती पुराएको थियो । भेरी अस्पतालमा मुसाको विगविगी नै रहेको कर्मचारीहरु बताउँछन् ।
अवरुद्ध एमआरआइ सेवा पनि तत्काल सञ्चालनको तयारी भइरहेको छ ।








