भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७७, सोमबार

काठमाडौं ३, कात्तिक ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ। उहाँको पीसीआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो।

नेम्वाङका स्वकीय सचिव गणेश योङहाङका अनुसार लक्षण देखिएपछि मन्त्रीले स्वाब दिनुभएको थियो । उहाँहाँको आजै पोजेटिभ रिपोर्ट आएको हो। सामान्य ज्वरो र खोकी लागेको छ।

अहिले मन्त्री क्वार्टरमै आइसोलेसनमा बस्नुभएको योङहाङले बताउनुभयो । मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

यसअघि पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो।

  • ३ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech