२८ जना सुत्केरी महिलालाई पौष्टिक आहार

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०८२, आईतवार

कोहलपुर: बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ ले सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेको छ।

वडा कार्यालयको आर्थिक सहयोगमा वडा भित्र रहेका २८ जना सुत्केरी महिलालाई आमा तथा शिशु स्याहार कार्यक्रम अन्तर्गत पौष्टिक सामग्री वितरण गरिएको वडा नं. ८ का वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिए।

वडाध्यक्ष रानाका अनुसार वितरण गरिएको पौष्टिक सामग्रीमा एक क्यारेड अन्डा, एक लिटर खाने तेल, ब्रस र मन्जन एक–एक थान, साबुन एक थान, नुन एक प्याकेट, मम्फली दाना साढे एक किलो तथा हर्लिक्स एक थान समावेश गरिएको थियो।

“वडा भित्र रहेका सुत्केरी महिलालाई आवश्यक पर्ने पौष्टिक आहार उपलब्ध गराएका छौँ,” वडाध्यक्ष रानाले भने, “यसलाई चौमासिक रुपमा निरन्तर जारी राखिनेछ।”

वडा अध्यक्ष रानाका अनुसार सुत्केरी अवस्थामा महिलालाई पौष्टिक खानेकुराको आवश्यकता बढी हुने भएकाले पौष्टिक आहार वितरण कार्यक्रम सञ्चालन गरिएको हो।

कोहलपुर नगरपालिका–८ मा रहेका सुत्केरी महिलालाई यस्तो सहयोग प्रदान गरेपछि महिलाहरूले खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका छन्।

  • ७ मंसिर २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech