दाँतको उपचार खर्चिलो वा दीर्घकालीन ?

    • डा.वसन्त न्यौपाने/ आरसिटी विशेषज्ञ 

  • २९ कार्तिक २०८२, शनिबार

दाँत दुख्दा धेरैजसो नेपालीले गर्ने पहिलो निर्णय नै—दाँत निकालिदिने । धेरैले अझै पनि सोच्ने गर्छन् कि दाँत दुख्यो भने निकालिदिनु सजिलो उपाय हो । तर आजको आधुनिक दन्तचिकित्सा, दाँत निकाल्नु अन्तिम विकल्प मात्र हो । दाँतको स्वास्थ्य हाम्रो सम्पूर्ण शारीरिक स्वास्थ्यसँग गहिरो रुपमा जोडिएको हुन्छ ।

शरीरभित्र प्रवेश गर्ने सबै कुराको प्रवेशद्वार नै मुख हो । हाम्रो शरीर स्वस्थ रहनाको लागि मुख स्वस्थ हुनु जरुरी छ । मुखको स्वास्थ्य समग्र शारीरिक तथा मानसिक स्वास्थ्यको लागि अत्यन्त महत्वपूर्ण हुन्छ । स्वस्थ मुख नै स्वस्थ जीवनको आधार हो ।

दाँत तथा दन्त स्वास्थ्य स्थिति राम्रो नभएमा दाँत दुख्ने, पिप बन्ने जस्ता समस्या देखिन्छन् र अन्ततः दाँत निकाल्नुपर्ने अवस्थासम्म पुगिन्छ । अन्य रोगको तुलनामा दाँत रोगबारे जनचेतना अत्यन्तै कम छ, जसका कारण दन्त उपचार ‘महङ्गो हुन्छ’ भन्ने धारणा धेरैलाई हुन्छ ।

तर दन्त उपचार तत्काल महँगो लागे पनि यो दीर्घकालीन रुपमा उपयोगी हुन्छ । दन्त उपचार भनेको मात्र अझित र पीडासँग सम्बन्धित होइन, दीर्घकालीन स्वास्थ्य र जीवनस्तरसँग सम्बन्धित कुरा हो ।

धेरैलाई दन्त उपचार महँगो लाग्छ, तर यसलाई खर्चिलो र दीर्घकालीन दृष्टिकोणबाट हेर्दा दन्त र मुख स्वास्थ्यले दीर्घकालीन फाइदा ल्याउँछ । दाँतको नियमित चेकअप र उपचारले तपाईंलाई स्वस्थ र दीर्घकालीन दाँत दिलाउँछ, जसले भविष्यमा आजित हुनबाट र खर्चिलो उपचारबाट बचाउँछ ।

दीर्घकालीन फाइदाहरु :

स्वास्थ्य सुधारः समयमा उपचारले दाँत र मुखको स्वास्थ्य सुधार गर्छ ।

दाँतको बचतः दाँतको जीवनकाल बढाउँछ र भविष्यको महँगो उपचारबाट बचाउँछ ।

आत्मविश्वास वृद्धि : स्स्वस्थ दाँतले आत्मविश्वास बढाउँछ । भविष्यको खर्च बचतः प्रारम्भमा खर्चिलो भए पनि भविष्यमा ठूला समस्या र खर्च बचाउँछ

दीर्घकालीन सोच किन आवश्यक ?
हामीले प्रायः दाँतलाई सामान्य ठान्छौँ, तर प्राकृतिक दाँतजस्तो आराम र शक्ति कुनै कृत्रिम विकल्पले दिन सक्दैन । त्यसैले दाँतको दीर्घकालीन सोच राख्नु जरुरी हुन्छ । दन्त उपचारलाई ‘खर्चिलो’ मात्र भन्नु गलत हो ।

दाँत हाम्रो सम्पूर्ण स्वास्थ्य र जीवनस्तरसँग प्रत्यक्ष सम्बन्धित छ । RCT- (Root Canal Treatment)  जस्ता उपचार तत्काल खर्चिलो भए पनि भविष्यमा बचत गर्ने उत्तम उपाय हो । दाँतको उपचार प्रारम्भमा खर्चिलो लागे पनि दीर्घकालीन रुपमा ठूलो फाइदा दिन्छ ।

(आरसिटी विशेषज्ञ डा.न्यौपाने भेरी अस्पतालमा कार्यरत छन् ।)

  • २९ कार्तिक २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech