ठाकुरबाबा वृह्त रक्तदान, गरे ९४ जनाले रक्तदान

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०८२, बुधबार

नेपालगन्जः बर्दियाको ठाकुरबाबाको भुरीगाउँमा १६ औंं पटक आयोजित रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ ९४ जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको आयोजनामा, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिको सहयोग तथा समन्वयकर्तामा, ठाकुरबाबा नगरपालिका वार्ड नं.–२ रानीपुर कर्भडहलमा आयोजित १६ औंं पटक आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यापारी, समाजसेवी, सुरक्षकर्मी, स्वयंसेवी रक्तदाता लगायत रक्तदान गरेका हुन् ।

ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाका उप–नगर प्रमुख बीना कुमारी भट्टराईले नेपाल रेडक्रस सोसाइटी, कोहलपुर रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन पाकेट हस्तान्तरण गरेका थिए । आयोजित रक्तदान कार्यक्रममा उप–प्रमुख बीना कुमारी भट्टराईले ११ औं पटक रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उक्त रक्तदान कार्यक्रममा नगर प्रमुख तिलकराम लम्सालले ८ आठौं पटक रक्तदान गरे ।

नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका सचिव श्यामलाल थारु प्रतिक ३८ पटक, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिका अध्यक्ष छबिलाल लम्साल ३० पटक, ठाकुरबाबा नगरपालिका वार्ड नं.–१ वडाध्यक्ष निमराज खनाल, वडा नं.–६ का वडाध्यक्ष जयप्रकाश पौडेलले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कोहलपुर रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्र महतरा, सुनिल रत्गैया, निर्मला चौधरी, खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरी, कविराज जैसी, ओम प्रकाश गोडिया, बीरेन्द्र योगी, नेपाल रेडक्रस सोसाइटी बर्दिया मधुवन “ख” उप–शाखा सानोश्रीका राम कुमार वर्माले प्राविधिकमा सहयोगमा अन्यमा अनुष्का पन्थी, साधना थारु, लक्ष्मी थारुले सहयोग गरेका थिए ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, सम्पन्न कार्यक्रमको सहजीकरण ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र प्रसाद सुवेदीले गरेका थिए भने कार्यक्रमलाई सफल बनाउनमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य तथा बर्दियाका जिल्ला अध्यक्ष प्रेम प्रसाद लम्सालको ठूलो योगदान रहेको छ ।

  • १९ कार्तिक २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech