नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका इन्टर्नसीप डाक्टरहरुले अस्पतालको प्रमुख कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
तीन दिन देखि आन्दोलनरत उनीहरुले आफ्नो माग सुनुवाइमा अस्पताल प्रशासनले ध्यान नदिएको भन्दै आजदेखि प्रमुख कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्यकक्षमा अनिश्चिकालीन तालाबन्दी गरेका हुन् ।
इन्टर्नसीप डाक्टरहरुले पाउँदै आएको १२ हजारलाई बढाएर कम्तिमा १७ हजार ५ सय रुपैयाँ पुर्याउनुपर्ने, भर्नाका क्रममा कलेजले इन्टरर्नसीपका लागि उठाएको २ लाख ५० हजार अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग राखेर विगत तीन दिन देखि उनीहरुले अस्पतालमा नारावाजी र प्रदर्शन गर्दै आएका छन् ।
इन्टर्नसीप डाक्टरहरुले पाउनुपर्ने सेवा सुविधा समेत नियमित पाउन नसकेको गुणासो गरेका छन् । अस्पतालमा करिव एक सय जना इन्टर्नसीप डाक्टरहरु कार्यरत रहेका छन् ।
डाक्टरहरुको आन्दोलन र मागलाई सम्वोधन गर्न अस्पताल प्रशासनले समन्वय र संवादको तयारी गरिरहेको जनाएको छ ।







