एचसीआरसी अस्पतालले दियो एम्बुलेन्स चालकलाई ५० वटा रिफ्लेक्टिभ सुरक्षा ज्याकेट

    • स्वास्थ्य पेज

  • १४ कार्तिक २०८२, शुक्रबार

नेपालगन्जः नेपालगन्जस्थित एचसीआरसी अस्पतालले संयुक्त एम्बुलेन्स चालक संघ बाँकेलाई ५० वटा रिफ्लेक्टिभ सुरक्षा ज्याकेट उपलब्ध गराएको छ । एम्वुलेन्स चालकहरुको पहिचान, सुरक्षा र सहजताका लागि ज्याकेट उपलब्ध गराइएको अस्पतालका संचालक समेत रहेका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.कुमार शान शाहले बताए ।

उनले भने–‘अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत एम्वुलेन्स चालकहरुलाई करिव १८ हजार मुल्य बराबरको रिफ्लेक्टिभ सुरक्षा ज्याकेट उपलब्ध गराइएको हो ।’ अध्यक्ष डा.शाहले रिफ्लेक्टिभ सुरक्षा ज्याकेट संयुक्त अस्पतालका एम्बुलेन्स चालकहरुलाई लगाएर वितरण कार्यक्रमको सुभारम्भ गरेका थिए ।

त्यसपछि एम्बुलेन्स चालक संघका अध्यक्ष दिपेश चौधरीलाई ज्याकेटहरु हस्तान्तरण गरेका थिए । चौधरीले भने–‘डा.शाहले अस्पतालका एम्बुलेन्स चालकहरुलाई सेफ्टी ज्याकेट लगाइदिनुभयो, यसले अस्पताल प्रशासन एम्बुलेन्स चालकहरुप्रति कति सुरक्षाका उपाय अवलम्वन गर्ने रहेछ भन्ने कुराको सन्देश पनि हो ।’

त्यसपछि संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष चौधरीले आफ्नो संघमा आवद्ध चालकहरुलाई ज्याकेट लगाइदिएका थिए । कार्यक्रममा अस्पतालका व्यवस्थापक विनिता खत्री, प्रशासन शाखाकी रजनी श्रेष्ठ, र मार्केटिङ विभाग प्रमुख पवन मल्ल लगायतको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय सदस्य राजिव गुप्ता पनि उपस्थिति थिए ।

  • १४ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech