काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले जेन–जी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताएकी छन् । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन–जी आन्दोलनका घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् ।
केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको उनले बताइन् । उपचाररत घाइतेमध्ये एक महिला हुन् । उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाइएको मन्त्री गौतमले बताइन् । अर्का एक घाइते गोली लागेर उपचाररत रहेका उनले जानकारी दिइन् । दुवै घाइतेको अवस्था सुधारोन्मुख रहेको उनले बताइन् ।
उनले सहिदको बलिदान खेर जान नदिनेतर्फ आफूहरू सचेत रहेको र भ्रष्टाचार निर्मूल, सुशासन कायम हुनुपर्ने जेनजीका माग बिर्सन नहुने उल्लेख गरिन् ।







