पूर्व स्वास्थ्य सचिव डा.सुधा शर्मालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०८२, आईतवार

नेपालगन्जः पूर्व स्वास्थ्य सचिव डा.सुधा शर्माले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रीमण्डल विस्तार गर्दै डा.सुधालाई स्वास्थ्य मन्त्री नियुक्त गरेकी छन्।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा पूर्व स्वास्थ्य सचिव डा शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा शपथ ग्रहण गरेकी छिन्। उनीसँगै युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पनि शपथ लिएका छन्।

डा. शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव हुन्। उनले २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल भएकी हुन्। नेपाल चिकित्सक संघको एकमात्र महिला अध्यक्ष हुन्। अध्यक्षमा उनी बागी उम्मेदवारका रूपमा विजयी भएकी थिइन्।

उनी २०६२ ०६३ को जनआन्दोलनमा अध्यक्ष भएकी हुन् उनी । उनले चिकित्सकलगायत प्रोफेसनलहरुको संस्था ‘पापड’को अध्यक्षका रुपमा आन्दोलनको नेतृत्व गर्नुका साथै घाइतेको उपचारमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेकी हुन्।

उनी प्रसूति तथा स्त्री रोग विशेषज्ञ मात्र नभई जन स्वास्थ्य विज्ञ पनि हुन्। उनले क्लिनिकल सेवा, स्वास्थ्य प्रणाली र गुणस्तरीय उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी छिन्।

  • ९ कार्तिक २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech