नेपालगन्ज: गुणस्तरीय दन्त उपचार सेवा आम नागरिक समक्ष पुर्याउने उद्देश्यका साथ नेपालगन्जमा मेट्रो डेन्टल एण्ड रुट क्यानल सेन्टरको शुभारम्भ भएको छ । सोमबार पञ्चकन्याद्वारा पूजा सम्पन्न गरी रिबन काटेर सेन्टरको औपचारिक शुभारम्भ गरिएको हो ।

रिबन काटेर सेन्टरको औपचारिक शुभारम्भ गर्दै निलसागर सेवा आश्रमका पञ्चकन्या
नेपालगन्ज–११, बिपी चोकस्थित नर्सिङ होमको अगाडि सञ्चालनमा आएको उक्त डेन्टल क्लिनिक नेपालगन्जको पहिलो आरसीटी सेन्टर हो । सेन्टरले दन्त परीक्षण, विशेषज्ञ परामर्श र दाँतसम्बन्धी सम्पूर्ण समस्याहरू अनुभवी चिकित्सकमार्फत उपचार प्रदान गर्ने जनाएको छ । स्थानीयलाई गुणस्तरीय दन्त सेवा उपलब्ध गराउनु सेन्टरको मुख्य उद्देश्य रहेको सञ्चालक समेत रहेका आरसीटी विशेषज्ञ डा.बसन्तराज न्यौपानेले जानकारी जानकारी दिए । डा.न्यौपानेसँगै दन्त उपचारमा अनुभव बटुलेका अन्य दन्त चिकित्सक डा.सुशील चौधरी र डा.युवराज अधिकारीले यस सेन्टरबाट नियमित सेवा प्रदान गर्ने छन् ।
बिरामीहरुको समस्याका आधारमा अन्य विशेषज्ञहरु समेत उपचारका लागि उपलब्ध हुने सेन्टरले जानकारी दिएको छ । डा.न्यौपाने हाल नेपालगन्जमा एकमात्र आरसीटी विशेषज्ञ हुन् । आरसीटी अर्थात् दाँतको जरा सम्म पुगेर गरिने उपचारका लागि (आरसीटी विज्ञ मार्फत) अघिल्ला दिनहरूमा बिरामीहरू नेपालगन्ज बाहिर जानुपर्ने बाध्यता रहेको थियो, तर अब बिरामीले यहीँ सेन्टरमा आरसीटी विशेषज्ञ मार्फत गुणस्तरीय र सर्वसुलभ सेवा पाउनेछन् । यसले समयको बचत र आर्थिक रुपमा समेत बिरामीलाई सहजता हुने विश्वास गरिएको छ ।
सेन्टरमार्फत रुट क्यानल ट्रीटमेन्ट (आरसीटी) सेवासँगै, दन्त परीक्षण, विशेषज्ञ परामर्श,दाँत निकाल्ने, दाँतको बनावट मिलाउने उपचार,कृत्रिम दाँत बनाउने तथा दन्त स्वास्थ्यसम्बन्धी अन्य सेवाहरू उपलब्ध हुनेछन् ।
सेन्टर शुभारम्भ कार्यक्रममा यस क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न पेशाकर्मी र सञ्चारकर्मीहरुको उपस्थिति थियो । मेट्रो डेन्टलले भविष्यमा नेपालगन्जमै अत्याधुनिक सुविधासम्पन्न डेन्टल हस्पिटल सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ ।