नर्भिकले बढायो नर्सहरूको तलब

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०८२, आईतवार

नेपालगन्जः कात्तिक १ गतेदेखि लागू हुने गरी नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ।

निजी क्षेत्रको अग्रणी अस्पताल नर्भिकले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्यूनतम तलब ३७ हजार रुपैयाँ कायम गरेको जनाएको छ । अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो।

अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीहरुको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरिएको जनाएको छ।

नर्भिकले गत महिना भएको जेन–जी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने क्रममा नर्सिङ तथा मेडिकल कर्मचारीहरूले देखाएको सदासयता र उच्च सेवाभावको पनि प्रशंसा गरेको छ।

अस्पतालले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न तथा उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

  • २ कार्तिक २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech