नेपालगन्जः आन्दोलनरत नर्सहरुको मागको सम्वोधनका लागि भोलि वृह्त बैठकको आयोजना गरिएको छ । सरकारी सरह न्युनतम तलव तथा सुविधा माग गर्दै गएको असोज २४ गतेदेखि नर्सहरु आन्दोलनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा पहिलो पटक सरोकारवाला पक्षहरु नर्सिङ संघ, मेडिकल व्यवसायी, एमइसी तथा आन्दोलनकारी नर्सको प्रतिनिधिसहितको छलफल तथा वार्ताबाट सम्पूर्ण सरोकारवाला सहितको वृह्त बैठक आयोजना गरिएको नेपाल नर्सिङ संघले विज्ञप्ती निकालेर जानकारी गराएको छ ।
नर्सिङ संघ सुरुआतका दिन देखि नर्सहरुको जायज माग राखि सुरु भएको आन्दोलनमा सँगसँगै रहेको स्पष्ट पारेको छ ।