कैलालीमा निजी स्वास्थ्यकर्मी आन्दोलनमा, न्यूनतम पारिश्रमिकको माग

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०८२, शनिबार

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाअन्तर्गत अत्तरियास्थित निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

निजी क्षेत्रका अस्पताल, नर्सिङ होम र प्रयोगशाला सेवामा कार्यरत नर्स, प्राविधिक र सामान्य चिकित्सकहरू दुई दिनदेखि चरणबद्ध आन्दोलनमा रहेका छन्। उनीहरूले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक दर लागू गर्न माग गरेका हुन्।

आन्दोलनरत स्वास्थ्यकर्मीहरूले आफ्ना माग सम्बोधनका लागि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

स्वास्थ्यकर्मीहरूको मुख्य मागमा नेपाल सरकारसरह न्यूनतम पारिश्रमिक लागू गर्नुपर्ने, तोकिएको समयभन्दा बढी काम गर्ने कर्मचारीलाई अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, नियुक्ति गर्दा अस्पतालहरूले सक्कल प्रमाणपत्र राख्न नपाउने, र पारिश्रमिक अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउनुपर्ने रहेका छन्।

माग पूरा नभए चरणबद्ध रूपमा सेवा अवरोधदेखि कार्य बहिष्कारसम्मका कार्यक्रम सञ्चालन गर्ने आन्दोलनकारीहरूले चेतावनी दिएका छन्।

  • १ कार्तिक २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech