शुक्रबार ४ हजार ३९२ जनामा संक्रमण पुष्टि, ३ हजार ५२२ जना डिस्चार्ज, २१ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०७७, शुक्रबार

 

काठमाडौं ३०,असोज ।
देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । पछिल्लो २४ घण्टामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रबार देशभर बाट ३ हजार ५ सय २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै कोरोना संक्रमण जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

अब देशभर ३७ हजार ३ सय ८२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशभर ७ सय १५ पुगेको छ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech