नेपालगन्जः जेनजीको प्रदर्शनमा ज्यान गुमाएका नेपालगन्ज-१ धम्वोजीका १९ वर्षीय आयुस थापाको आज अन्त्यष्टि गरिने भएको छ ।
शव हिंजै नेपालगन्ज ल्याइएपनि आफन्तहरु नआएकाले आजमात्रै अन्त्यष्टि गरिन लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
शव अहिले भेरी अस्पतालमा छ । अन्तिम श्रद्धाञ्जलीका लागि धम्वोजी स्थित निवासमा राखिने छ ।
११ बजे नगर परिक्रमा गरेपछि राप्तीनदीस्थित सिधनिया घाटमा लगेर अन्त्यष्टि गरिने आफन्तहरुले बताएका छन् ।
सुलभ राज श्रेष्ठको भने हिंजो नै अन्त्यष्टि गरिएको छ । काठमाडौंमा सोमबार भएको प्रदर्शनमा आयुस र सुलभले ज्यान गुमाएका थिए ।