बाँकेको बालसुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०८२, बुधबार

नेपालगन्ज: गएराती बाँकेको बालसुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ।

नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको हो भने झडपपमा परी २ जना घाइते भएका छन्।

सुधार गृहका अनुसार मृत्यु हुनेमा बाँकेका समीर थापा, दैलेखका भूपेन्द्र विष्ट, कैलालीका जगत देउवा, अक्षमका रमेश विष्ट र दाङका दिनेश घर्तीमगर रहेका छन्।

घाइते भएका दुई जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

  • २५ भाद्र २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech