आन्दोलनको मौका छोपेर लुटपाट गर्ने २१ जना सेनाको नियन्त्रणमा

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०८२, बुधबार

नेपालगन्जः नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको छ ।

भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँचजनालाई पनि सेनाले नियन्त्रणमा लिएको छ ।

विनाकाम घर बाहिर ननिस्किन निर्देशन

नेपाली सेनाले मुख्य सडक नियन्त्रणमा लिएको छ । घर र गल्ली बाहिर निस्किएका सर्वसाधारणहरुलाई सेनाले विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।

आकस्मिक सेवामा संलग्नहरुलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिँडडुल गर्न छुट दिएको छ ।

काठमाडौंको नयाँबानेश्वर–माइतीघर सडक खण्डमा हतियारसहितका सेना बाक्लो संख्यामा देखिन्छन् । उनीहरुले मोर्निङ वाकमा निस्किएकाहरुलाई नयाँबानेश्वर चोकतर्फ आउन दिएका छैनन् ।

कर्फ्यु लागेको भन्दै सेनाका जवानहरुले घर फर्किन भनिरहेका छन् ।

  • २५ भाद्र २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech