नेपालगन्जमा प्रदर्शनकारीमाथि चल्यो गोली, घाइतेहरुको सञ्जिवनीमा निःशुल्क उपचार चल्दै

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०८२, मंगलवार

नेपालगन्जः नेपालगन्जमा जेनजीको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको छ । आन्तरिक राजश्व कार्यालयमा आगजनी गर्न खोजेपछि प्रहरीले रवर गोली प्रहार गरेको छ । आधा दर्जन बढीलाई गोली लागेको छ ।

उनीहरुको सञ्जिवनी कजेज अफ मेडिकल साइन्सेस नेपालगन्जमा उपचार भइरहेको छ । अस्पतालका प्रशासन शाखा प्रमुख कुमार अधिकारीका अनुसार अहिलेसम्म ७ जना घाइतेलाई अस्पताल ल्याइएको छ । उनीहरुको निःशुल्क उपचार भइरहेको उनले बताए ।

अस्पतालले सामाजिक उतरदायित्व अन्तर्गत उनीहरुको उपचार गर्ने घोषणा गरेको छ । प्रदर्शनकारीहरुले नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका लगायतका सरकारी कार्यालयमा आगजनी गरेका छन् । आन्दोलन प्रहरीको नियन्त्रणमा बाहिर पुगेको छ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech