जेन–जी समर्थकको प्रदर्शनः के भइरहेको छ नेपालगन्जमा ?

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०८२, मंगलवार

नेपालगन्जः जेन–जी समर्थकको प्रदर्शनका कारण पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

जेन–जी समर्थक युवाहरू सडकमा उत्रिएर प्रदर्शन व्यापक बनाएपछि स्थिति तनावपूर्ण बनेको हो । प्रदर्शनकारीहरुले नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

कार्यालयभित्र राखिएका कुर्सी, टेबुल तथा फर्निचरका सामाग्री बाहिर ल्याएर आगजनी गरेका हुन् । सुरुमा एमाले पार्टी कार्यालयमा आगजनी गरेका उनीहरुले त्यसपछि काँग्रेस पार्टी कार्यालयमा आगो लगाएका हुन् ।

प्रदर्शनकारीले नेपालगन्जको बिपी चोक, पुष्पलाल चोक लगायत क्षेत्रमा पनि आगजनी गरेका छन् ।

नेपालगन्जको पुष्पलाल चोकमा रहेको प्रहरी बिटमा समेत आगजनी गरेका छन् । उनीहरुले पुष्पलालको शालिक ढालेका छन् ।

प्रदर्शनकारी सडकमा ओर्लिएपछि नेपालगन्ज बजार बन्द भएको छ । त्रिभुवन चोक, त्रिवेणी मोड, सेतु विक चोक लगायतमा टायर बालेर प्रदर्शन गरेका छन् ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech