वीरेन्द्रनगरमा प्राथमिकता आँखा तथा कान उपचार शिविर सुरु

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०८२, सोमबार

नेपालगन्जः सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सोमवारदेखि प्राथमिकता आँखा तथा कान उपचार शिविर सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं.८ बाट सुरु भएको शिविर २९ गतेसम्म चल्नेछ । वीरेन्द्रनगर नगरपालिकाका सम्पूर्ण वडामा शिविर चल्नेछ ।

नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखा सुर्खेतको आयोजना, ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जको प्राविधिक सहयोग र रुइत फाउण्डेसनको आर्थिक सहयोगमा शिविर सुरु भएको ब्रिनोजका आउट रिच इन्चार्ज भिषण कुमार चौधरीले जानकारी दिए । त्यसक्रममा १०५ जनाले निःशुल्क कानको उपचार सेवा लिएका छन् ।४० जना पुरुष र ६५ जना महिलाले सेवा लिएको चौधरीले बताए ।

तीमध्ये १० जनामा कान पाक्ने र १८ जनामा काने गुजीको समस्या पाइएको उनले बताए । चौधरीसँगै कान सहायक चिकित्सक दामोदर चौधरीले सेवा दिएको उक्त शिविरमा आवश्यक औषधि समेत निःशुल्क प्रदान गरिएको थियो । त्यसैगरी शिविरमा आँखाको समेत जाँच गरिएको छ । मोतिविन्दु अप्रेशनका लागि छनौट भएकाहरुलाई सुर्खेत आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने छ भने कानको अप्रेशन गर्नुपर्ने बिरामीलाई ब्रिनोजमा सहुलियतमा अप्रेशन सेवा प्रदान गरिने पनि उनले बताए ।

  • १६ भाद्र २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech