नेपालगन्जः दाङको देउखुरीस्थित गढवा गाउँपालिकामा आँखा जाँच शिविर गरिएको छ । किभा फाउन्डेसन नेपालगन्जको आयोजना, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहयोग तथा गढवा गाउँपालिकाको सहकार्यमा शिविर गरिएको हो ।
उक्त शिविरमा ९३० जनाको आँखाको निःशुल्क चेकजाँच गरिएको कार्यक्रम संयोजक व्रिजेश मिश्रले बताए । ती मध्ये १४६ जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रियाका लागि रिफर गरिएको छ ।
उनीहरुको तिलगंगा आँखा सर्जिकल सेन्टर सिसहनिया देउखुरीमा निःशुल्क शल्यक्रिया हुने पनि मिश्रले बताए । त्यसैगरी थप १७ जनाको पनि शल्यक्रिया गरिने छ । आँखामा मासु पलाएका १० जना पुरुष र ७ जना महिलाको सहुलियत दरमा शल्यक्रियाका लागि रिफर गरिएको उनले बताए ।