काँग्रेस बाँकेको जिल्ला स्तरीय प्रशिक्षण स्थलमै हेल्थेडक्स

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०८२, आईतवार

नेपालगन्जः नेपाली काँग्रेस, प्रशिक्षण शाखा बाँकेले जानकी गाउँपालिकामा वडा नं.३ मा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्य सेवा उपलब्ध गराएको छ । संघका जिल्ला अध्यक्ष जागेश्वर बस्नेतको नेतृत्वमा प्रशिक्षणमा सहभागि भएकाहरुलाई लक्षित गरेर स्वास्थ्य सेवा प्रदान गरिएको हो । प्रशिक्षण कार्यक्रम स्थलमै हेल्थडेक्स राखेर स्वास्थ्य परामर्श सेवा दिइएको उनले बताए । सहभागिहरुको रक्तचाप चेकजाँचसँगै आवश्यक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइएको पनि उनले बताए ।

हेल्थडेक्समा स्वास्थ्यकर्मीहरु अनिलसेन ठकुरी, कमल उपाध्याय, दिनेश नेपाली, राजेश सेन, नन्दा सेन, सस्मिता सिंह, सन्देश बहादुर शाही र चन्द्र बहादुर थारु लगायत खटिएका छन् । प्रशिक्षण कार्यक्रमको काँगे्रसका केन्द्रीय उपसभापति धनराज गुरुङले उद्घाटन गरे । जिल्ला सभापति नारायण प्रसाद गौडेलले स्वागत मन्तव्य दिएका थिए भने संचालन प्रशिक्षण शाखा सचिव उमा थापामगरले गरिन् ।

प्रशिक्षण शाखा प्रमुख गोपाल अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन सत्रमा नेपाली काँग्रेस लुम्विनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्विनी प्रदेशका प्रशिक्षण विभाग प्रमुख भुवन प्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र, प्रदेश सभा क्षेत्र तथा पालिका कार्यसमितिका पदाधिकारीहरु, निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरु र भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्य र जिल्ला अध्यक्षहरु गरी करीब २७५ जनाको सहभागिता रहेको छ ।

  • १५ भाद्र २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech